बोलबम जलयात्राको पूर्व तयारी भेला

बोलबम जलयात्राको पूर्व तयारी भेला

bolbam tayari bhela pic

पोखरा । पोखरामा बिगत २४ बर्षदेखि हुँदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रादलाई वृहत र थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ सस्थाहरु संग पूर्व तयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो ।

केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने बताए ।

केदारेश्वर महादेवमणि सेवाश्रम तथा गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष एवम पिठाधीश स्वामी डा।चिद्घन चैतन्य गुरुले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा कम भक्तजन सहभागी हुने गरेको बताए । बोलबम यात्राको विशेष महत्व हुने भएकोले यसलाई उत्सवको रुपमा सबै भत्तजनले कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी भइ यसको अनुभूति लिन आग्रह गरे ।

यो वर्ष बोलबमलाई सफल बनाउन बिभिन्न संघ संस्थाहरुले साथ दिएको छ । मितेरी नारी समूह बैदाम, मारवाडि समुह कास्की, नेपाल भारत व्यवसायी (एन.वि) समिति, अर्गानिक जुम्बा सहित स्व।राम्जी बानियाँका सुपुत्र सन्तोष बानियाँले प्रत्येक सोमबारको प्रसाद वितरण तथा व्यवस्थापनमा सहयोग गर्ने बताए ।

भेलामा समाजसेवी वुद्धिनाथ अधिकारी, समितिका मिडिया सल्लाहकार एवम रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, महिला संजाल पोखरा ६ का अध्यक्ष वविता मल्ल, अन्नपूर्ण केवलकारका कार्यकारी निर्देशक दिनेश पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ६ का सभापति तुलसी दाहाल, समाजसेवी गिरधारी अधिकारी लगाएतले सुझाव सहित शुभकामना दिए । भेलामा स्वगत समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराइ र संचालन सचिव ओमनाथ अधिकारीले गरेका थिए ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ श्रावण महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ