पोखरामा आइतबार असार १५ को अवसरमा २० औं संस्करणको रोपाईँ महोत्सव मनाइएको छ । पोखरा २६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव भएको हो ।
महोत्सवमा पर्यटकले हिलोमा रमाइलो गरी हिलो छ्यापाछ्याप गरेर रोपाईँ महोत्सव मनाएका छन् । ‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा भएको यो रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
असारमा मानो रोपेर मुरी फलाउने समय भएकाले यसलाई विशेष दिनका रुपमा मनाउनुपर्ने गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बताए । महोत्सवले विदेशी पर्यटकलाई कृषिका बारेमा बुझाउन र अफ सिजनमा पनि पर्यटक आकर्षित गर्न सहयोग उनको छ ।

महोत्सवले किसानलाई मात्र नभई कृषि पर्यटनमार्फत विदेशीहरु भित्र्याउन सकिने आयोजकको विश्वास छ । प्लटिङ गरेर घरघडेरीमा जग्गाको कारोबार न्यून गर्दै खेतीयोग्य जमिनलाई खेतीमा आकर्षण गराउन पनि यसले मद्दत पुग्ने समेत विश्वास लिइएको छ । हराउँदै गएको कृषि प्रणालीलाई जगेर्ना गर्न र पोखराको पर्यटन चलायमान गर्न महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताए ।
२०६१ सालदेखि हरेक वर्ष हुने रोपाईँ महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिँदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता हुन्छ ।
तस्बिर: बल बहादुर रोका मगर
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?