बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

chatyang photo

बाँके । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । अन्य दुई महिला घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।

खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका– ११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

चट्याङ लागेर बेहोस भएकी थारूलाई उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरकी १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएका छन् ।

घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ