संविधानसभा सदस्य यादवको निधन

संविधानसभा सदस्य यादवको निधन

ramayodhya-yadav1

काठमाडौं । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

बाराको सुवर्ण गाउँपालिका– २ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ’, देउवाले शोक वक्तव्यमा भनेका छन्, ‘स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ