पोखरा । पोखराको सराङ्गकोट– १८, पँदेली स्थित श्री बाल प्रतिभा आवासीय माध्यमिक विद्यालयले विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८१ मा सहभागी भई उत्तीर्ण भएका वद्यिार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम गरी वद्यिार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा सदस्य श्री मीना सि.केले विद्यालय स्थापना कालदेखि निरन्तर प्रगति गरिरहेको बताइन् । उनले विद्यार्थीहरूको सफलता सबैको मेहनतको परिणाम भएको बताउँदै सबै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन् ।
संस्थापक प्राचार्य आत्म बहादुर थापाले विद्यालयले गाउँका बालबालिकालाई सहज, गुणस्तरीय शिक्षा दिंदै आएको बताए । उनले विद्यालयले उत्कृष्ट नतिजासहित शतप्रतिशन विद्यार्थी उत्तीर्ण हुनु गर्वको कुरा भएको उल्लेख गरे । “यो विद्यालय अहिले आवश्यक सबै सुविधासहित शिक्षामा उदाहरणीय बनेको छ ।” उनले भने, “विद्यालयकी छात्रा प्रकृति ढकालले ३.९७ GPA ल्याएर विद्यालय र वडा नं. १८ कै इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छिन्।, साथै सबै विद्यार्थीहरू उत्तीर्ण हुनु सम्पूर्ण बाल प्रतिभा परिवारका लागि गर्वको कुरा हो।”
कार्यक्रममा किड्स नेपाल मन्टेश्वरीका संस्थापक नारायण पहारी, KEF Secondary School का कोर्डिनेटर नविन अधिकारी “प्यासी” र सोही विद्यालयका शिक्षक ढाकाराम पौडेलले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले बाल प्रतिभा आवासीय मावि सुलभ शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सफल भएको धारण व्यक्त गरे ।
विद्यालयका निर्देशक तथा अध्यक्ष मिना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालय संयोजक अशोक शर्माले गरेका थिए भने स्वागत मन्तव्य कृष्मा थापाले राखेकी थिईन् ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ