जनप्रकाशमा ५२ युनिट रगत संकलन

जनप्रकाशमा ५२ युनिट रगत संकलन

blood donetion 19

पोखरा । जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्‌ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले रक्तदान जीवनदान भएको बताउँदै संस्थाको कार्यको प्रशंसा गरे ।

जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाको सभापतित्व एवम् सचिव कमल थापा मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य सशिश भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, रक्त सञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ