पोखरा । पोखरा महानगरपालिकाले शुक्रबारको सार्वजनिक सुनुवाइमा सहभागिताका लागि त्यसका लागि जनप्रतिनिधीलाई ‘म्यासेज’मार्फत उपस्थित हुन अनुरोध गरेको थियो । ।
“श्री वडाध्यक्षज्यूहरू सबै, कार्यपालिका सदस्यज्यूहरू सबै, महाशाखा प्रमुखज्यूहरू सबै, पोखरा महानगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध छ ।” महानगरपालिकाले पठाएको म्यासेजमा भनिएको छ ।
शुक्रबार दिउँसो २ बजे पोखरा सभागृहमा कार्यक्रम हुने पनि जानकारी दिइएको छ । तर, महानगरले पठाएको यो सन्देशलाई लिएर नगरसदस्यहरुले भने विमति जनाएका छन् ।
म्यासेज वडाध्यक्षदेखि कार्यपालिका सदस्य र महाशाखा प्रमुखलाई बोलाइएको छ । तर, नगरसदस्यहरूलाई भने सम्बोधन गरिएको थिएन ।
त्यसकै विरोधमा महानगरका चार सदस्यले कार्यक्रमको विरोध गरे । उनीहरूले जनप्रतिनिधिलाई विभेद गरेको भन्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष लिखित निवेदन पेस गरे ।
पोखरा ४ का वडा सदस्य प्रकाश कोइराला, ३३ का प्रकाश कार्की, ११ का सुशील बास्तोला र १० का पूर्णचन्द्र न्यौपानेले पत्र लेखेर वडा सदस्यलाई विभेद गरिएको भन्दै विरोध जनाएका थिए ।।
उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमा वडासदस्यहरूलाई पनि कार्यक्रममा निम्ता गर्न माग गरे।
उनीहरूले निम्न माग राखे:
– आगामी दिनमा आयोजना गरिने यस्ता सार्वजनिक कार्यक्रमहरूमा वडा सदस्यहरूको अनिवार्य सहभागिता सुनिश्चित गरियोस् ।
– वडा सदस्यलाई बेवास्ता गर्ने कुनै पनि कार्य प्रणाली तत्काल सच्याइयोस् ।
– यस प्रकारको असमान र विभेदकारी कार्यशैलीप्रति नगरप्रशासनले ध्यानाकर्षण गराउन चाहान्छौँ ।
शुक्रबारकै सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ पोखरा बाहिर रहने जानकारी आएको हुँदा उपप्रमुखसँग सम्बन्धित प्रश्नको जवाफ कसले दिन्छ भन्ने प्रश्न पनि उनीहरुले उठाएका थिए ।
“सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता प्रक्रियामा अत्यन्त महत्वपूर्ण र निर्णयकारी भूमिका राख्ने संवैधानिक अंग हो । सार्वजनिक सुनुवाइजस्ता सहभागी लोकतन्त्र प्रवद्र्धन गर्ने अवसरहरूमा सम्पूर्ण वडा सदस्यको सहभागिता अपरिहार्य र न्यायसंगत हुनुपर्दछ,” पत्रमा भनिएको छ ।
उनीहरूले वडासदस्यहरूको काम नगरसभामा जाने मासुभात खाने र ताली पड्काउने मात्र नरहेको चेतावनी समेत दिएका थिए ।
पोखरा महानगरपालिकाले भने यसअघि पठाइएको म्यासेजमा गल्ती भएको स्वीकार गर्दै वडा सदस्यहरूलाई समेत सम्बोधन गरेर नयाँ म्यासेज पठाएको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’