पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित हुँदा धनराज आचार्यलाई नेकपा एससँगै तत्कालीन गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रको समर्थन थियो । उपमेयरमा काँग्रेसकै उम्मेदवार हार्दा एकीकृत समाजवादीका आचार्यले भने जिते । अहिले उनलाई मत हालेेको प्रमुख दल काँग्रेस सहयात्री नै असन्तुष्ट देखिन्छ ।
शुक्रबार सार्वजनिक सुनुवाईमा नगरबासीले पनि भने ‘म त धनराज आचार्य इन्टिलिजेन्स मान्छेले जिते, पार्टीको दबाबमा काम गर्दैनन् भनेर खुशी भएको थिएँ । तर, कामै गरेनन्।’
पोखरा सभागृहमा मेयरकै अगाडि जनताले भने – ‘राजीनामा दिएर बसे हुन्छ । मूल्यांकन गर्दा त जिरो जिरो पर्सेन्ट काम, माखो मार्न सकेनन् । पहिलेका वडाध्यक्ष जति पनि काम गर्न सकेनन् । आजै अनुहार देखियो ।’

नागरिकको प्रश्नको कठघरामा उभिएका धनराज प्रश्नबाट विचलित देखिन्थे । विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई यही भारी बन्यो ।
महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागीहरुले मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएकोदेखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यङ्ग्य गरे ।
पोखरा–१८ का स्थानिय राजेश थापाले खाल्डाखुल्डी देख्नै नपर्ने प्रतिबद्दता जनाएपनि त्यो पूरा नभएकोप्रति कटाक्ष गरे । पोखरा–१८, २३ र २४ लाई जोड्ने लेकसाईड–पामे सडक नबनेकोप्रति व्यङ्ग्यात्मक शैलिमा उनले भने,‘खाल्डाखुल्डीयुक्त सडक निर्माण गरेकोमा धन्यवाद’, भन्ने अभियान नै चलायौं तैपनि सुनिएन र अहिलेपनि खाल्डाखुल्डी पुरिएका छैनन्, मेयर साब त्यो बाटो कहिले बन्छ ?
नागरिक अभियन्ता तथा नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले फेवाताल जलकुम्भी झार र फोहोरको टापुले कुरुप बन्दापनि महानगर के हेरेर बसेको छ ? भन्ने प्रश्न गरे ।

पत्रकार यदुनाथ बञ्जाराले बसपार्क बनाउन ओगटिएको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले ओगट्दापनि महानगरले बसपार्क बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए ।
नगरवासीको गुनासामा पोखरा बसपार्क निर्माणमा ढिलासुस्ती, फिर्के मापदण्ड कार्यान्वयन र संरक्षण, पोखरा सभागृहको पुनर्निर्माण, फेवातालको सिमांकन, सेतीमा गिट्टी बालुवाको टेण्डरलगायत रहे । त्यस्तै, महानगरमा बेरुजुको आंकडा झनै उकालिएकोमा पनि नगरवासीले चिन्ता व्यक्त गरे । महानगरका सुगम वडाले बढी बजेट पाएको र टाढा एवं दूर्गम क्षेत्र समेटिएका वडामा कम बजेट परेको भन्दै असमान वितरण प्रणालीप्रति पनि नागरिकले गुनासो सुनाए ।
प्रश्नको जवाफ दिन उभिएका मेयर आचार्यले पोखरा बनाउन आफू १८ घण्टा लागिरहेको भन्दै थपे,‘मेसिनले झैं काम गरिरहेको छु । रिजल्ट देखिन्छ । केहि समय कुर्नुहोस् ।’ उनले पोखराको विकास निर्माणका लागि विभिन्न परियोजनामार्फत ३३ अर्ब भित्रिएर काम भइरहेको उल्लेख गरे ।
सम्बन्धित समाचारः
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’