Tata box 1
हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले बताइन्।
‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो खालको भूमिकामा अभिनय गरेकी थिइन्। यो सिरियलमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए।
स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित घरमै थिइन्।
कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्। उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा समेत देखिएकी थिइन्।
बिरामी परेपछि लक्ष्मीले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। त्यसपछि सुशीला निरौला (विमली), राजाराम पौडेल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारहरू लक्ष्मीलाई भेट्न घरमै पुगेका थिए।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?