Tata box 1
हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले बताइन्।
‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो खालको भूमिकामा अभिनय गरेकी थिइन्। यो सिरियलमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए।
स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित घरमै थिइन्।
कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्। उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा समेत देखिएकी थिइन्।
बिरामी परेपछि लक्ष्मीले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। त्यसपछि सुशीला निरौला (विमली), राजाराम पौडेल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारहरू लक्ष्मीलाई भेट्न घरमै पुगेका थिए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह