रोपाइँ गरिरहँदा चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु, ४ जना घाइते

रोपाइँ गरिरहँदा चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु, ४ जना घाइते

Chatyang

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्युको भएको छ । चार जना घाइते भएका छन्।

शुक्रबार अपराह्न ३ बजेतिर भेरीगङ्गा नगरपालिका– ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहँदा एक्कासि चट्याङ लागेर स्थानीय २७ वर्षका डिल बहादुर शाहीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भिर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा स्थानीय १७ वर्षका पर्बत बिक, १९ वर्षका हुम बहादुर थापा, १८ वर्षका नबिन बिक र ३० वर्षकी सुनिता गिरी घाइते भएका थिए।

उनीहरुको अवस्था सामान्य रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ