पोखरा । एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् ।
पोखरा–३२ गगनगौंडामा रहेको सामुदायिक विद्यालय गोगन माविबाट एसईईमा ४ जीपीए ल्याएकी ममतालाई आफ्नो जन्मदिनको अवसर पारेर ओझाले नगद २० हजार सहयोग गरेका हुन् । पोखरा–३० पावरहाउस लेखनाथमा बुबा लखन जैसवालले चलाउदै आएको चटपटे पसलमा बिहान बेलुका सहयोग गर्दै उज्यालो भविष्यको आशा राखेकी ममतालाई थोरै भएपनि आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै ओझाले समुज्ज्वल भावी जीवनको कामना गरे ।
चुनौतीहरुको सामना गर्दै, गरिबी सँग जुद्धै ममताले आत्मविश्वास, मिहिनेत र लगनशीलताकासाथ एसईईमा ४ जीपीए ल्याएकी भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले व्यवसायी ओझाले सहयोग गरेकामा आभार व्यक्त गरेका थिए भने प्रधानाध्यापक मोहनराज बरालले परिवारको बढ्दो खर्च र सीमित आम्दानीमा सहयोगी हातहरु भैदिए थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । सहयोग ग्रहण गर्दै हरेक दिन बिहानदेखि बेलुकासम्म ठेलामा उभिएर चटपटे बेच्ने बुबाको मिहिनेत र संघर्षले आफूलाई पढाइमा जिम्मेवार बनाएको उनले बताइन् ।
व्यवसायी ओझाले जन्मदिनका अवसरमा शनिबार नै पोखरा– ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रम तथा मन्दिर एवम् गुरुकुलमा दाद्यान्न तथा नगद सहयोग गरेका थिए भने पोखरा– २९ भण्डारढिकमा रहेको दीपशिखा पुस्तकालयको आजीवन सदस्यता ग्रहण गरी जन्मदिनको अक्षयकोष अभियानमा समेत जोडिएका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ