मन्त्री विन्दु कुमार थापाले सहारामा गरे विभिन्‍न सामाग्री हस्तान्तरण

मन्त्री विन्दु कुमार थापाले सहारामा गरे विभिन्‍न सामाग्री हस्तान्तरण

help

पोखरा । असार २४ (मंगलबार) पोखरा महागरपालिका वडा नं ९, वसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले एक कार्यक्रमका बिच विभिन्न कार्यक्रमको शुभारम्भ तथा हस्तान्तरण गरेका छन् ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक विकास कार्यालय कास्की द्वारा प्रदान गरिएको रू २ लाख बरावरको विज्ञान प्रयोगशालाको औपचारिक रुपमा मन्त्री थापाले हस्तान्तरण गरे । सोहि क्रममा सहारा यु.के.का महासचिव क्याप्टेन पिताम्वर गुरुङको रू ५० हजारको आर्थिक सहयोगमा प्रदान गरिएको प्रोजेक्टरको सुभारम्भ का साथसाथै पोखरा महानगरपालिका शिक्षा महाशाखा द्वारा भौतिक संरचना स्तरोन्नती शिर्षकमा विनियोजन भएको रू. १ लाखद्वारा खरिद गरएका फर्निचहरू पनि हस्तान्तरण गरियो ।

साथसाथै पोखरा महानगरपालिका वडा नं ९ को रू ६० हजार आर्थिक सहयोगमा प्रदान गरिएको साउण्ड सिस्टम पनि विद्यालयलाई प्रदान गरिएको थियो । उक्त क्रममा सनराइज ड्राईभिङ सेन्टरका सञ्चालक समाज सेवी राजु लालचनले वडा कार्यालयद्वारा प्रदान गरेको साउण्ड सिस्टम खरिदमा अपुग भएको रु. २० हजार हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र अवस्था सहित सम्पूर्ण अतिथीहरुलाई स्वागत मन्तब्य गरिन् । सोहि क्रममा विद्यालयको स्थापना देखि हालको स्थानसम्म ल्याईपुर्‍‍यान समय र सहयोग प्रदान गर्ने सवैलाई स्मरण गर्दै कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरु अध्ययन गर्ने पवित्रे थलोमा सबैको साथ सवैलाई कृतज्ञता व्यक्त गरिन् ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा आधिकृत जीवन प्रसाद रेग्मीले मन्तव्यका क्रममा विद्यालयले गरेको भौतिक तथा शैक्षिक प्रगतिको सांक्षि हुन पाउँदा निकै खुशी व्यक्त गरे । सोह क्रममा महाशाखा द्वारा आगामी दिनमा विद्यालयला आवश्यक सहयोग गर्न प्रयासरत रहेन बताउदै फर्निचर हस्तान्तरण गर्ना पाऊँदा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथी पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको आवश्यकता स्थानीय तहले सम्वोधन गर्न पाउँदा खुशी व्यक्त गर्दै पवित्र मनले समाज सेवा गर्दा र सहयोगी मनहरुको साथले विद्यालय यो स्थानमा पुगेकोमा विद्यालयका अध्यक्ष लगाएत विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारसँग मिलेर काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मन्तब्यका क्रममा सरकारले चाहेको परिवर्तन विद्यालयदेखि नै सुरुवात हुने बताउँदै जहाँ विज्ञान पढिन्छ र प्रयोग हुन्छ अनि मात्रा बालबालिकाहरुले भविष्य कोर्ने धारणा राख्दै शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्रथमिकता अनुसार सार्वजनिक(निजी साझेदारीमार्फत आवश्यक प्रविधी र पूर्वाधारका साथासाथै अवसरहरुलाई अगाडि बढाउनुपर्ने बताउँदै आगमी आर्थीक वर्ष विद्यालयको भौतिक स्तरोन्तनीका लागी प्रदेश सरकारबाट रू ५ लाख विनियोज गरेको बताउँदै स्तरोन्तनीका क्रममा आर्थीक अभाव भएको खण्डमा थप रु ५ लाख नै थपी विद्यालयलाई वालमैत्री बनाउने प्रतिबद्दता व्यक्त गरे । सोहि क्रममा मन्त्रालयको अभिभावक शिक्षा जगरण कार्यक्रम रहेको हुँदा अभिभावकहरुलाई सो कार्यक्रममा सरिक हुन सेमत अपिल गरे । मन्त्री थापाले आफ्नो दिवङ्गत जेष्ठ छोरा देवेन्द्र थापाको स्मृतीमा विद्यालयमा रु १ लाख वरावरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले प्रमुख अतिथि लगाएत सम्पूर्णको गरिमामय उपस्थितिले कार्यक्रम सभ्य र भब्य रुपमा सफल भएकोमा सवैलाई धन्यवाद व्यक्त गर्दै दाताहरुलाई स्मरण गरे। सोहि क्रममा प्रदेश सरकारले सरकार आएको ८ वर्षमा पहिलो पटक विद्यालयका लागी रातो किताबमा नै बजेट विनियोजन हुनु सकरात्मक भएको बताउँदै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय द्वारा सहारा क्लब पोखरालाई रकम विनियोजन गरेकोमा पनि मन्त्री लगाएत प्रदेश सरकारलाई आभार प्रकट गरे ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा विद्यालयलाई बालमैत्री बनाउन टेलिभिजन हस्तान्तरण गर्ने दाता सपना गुरुङ र तातो चिसो सहितको पानि शुद्दिकरण यन्त्र प्रदान गर्ने अमर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय अभिभावक, विभिन्न संघसँस्थाका प्रतिनिधी, साहोगी संस्थाहरुको साथसाथै विद्यार्थी, शिक्षकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ