स्याङ्जा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपीट गरेको भन्दै एक मजदुर प्रहरीकहाँ पुगेका छन् ।
पीडित भनिएका राजकुमार राईले उनीविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएपछि सोमबारको घटना मंगलबार बाहिर आएको हो । त्यहाँका प्रहरीले घटनाबारे अनुसन्धानका लागि सम्बन्धित व्यक्ति नियन्त्रणमा लिइसकिएको जानकारी दिएको छ ।
घटना विवरणअनुसार मिस्त्री काम गर्ने उनी सोमबार साँझ काम सकेर कोठामा बसिरहेका थिए । त्यसैबेला अर्याल नेतृत्वको समूह अश्लिल गालीगलौज गर्दै आक्रमणमा उत्रिएको ती मजदूरको गुनासो छ । ‘यहाँ फेरि देखे भने मारिदिन्छु’ भन्दै धम्की समेत दिएको उजुरीमा उल्लेख गरिएको छ ।
‘प्रकाश अर्यालसहितका व्यक्तिहरुले कुनै कारण बिना नै अश्लिल शब्द प्रयोग गर्दै मलगायत मेरा साथीहरुलाई कुटपिट गरे’, उजुरीमा भनिएको छ, ‘कुटपिटबाट म र मेरा साथीहरु घाइते भएका छौँ ।’

कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न उनले माग गरेका छन् । कुटाई खाएका राई पोखरा पुगेकाले बुधबार फर्कँदै गरेको र त्यसपछि घटनाबारे थाहा हुने पनि प्रहरी बताउँछ ।
सामाजिक सञ्जालमा सक्रिय स्याङ्जाका युवा एलपी ढकालले फेसबुक मार्फत् घटनाबारे सार्वजनिक गरेपछि पीडकलाई कानुनी कारबाहीमा ल्याउन दबाब परेको हो ।
अर्यालले ०८४ को निर्वाचनमा वालिङ नगरपालिकाको मेयर बन्ने भन्दै स्थानीय सरकारविरुद्ध अभियान चलाइरहेका छन् । उनले त्यहाँका मेयर, उपमेयर र अन्य जनप्रतिनिधिविरुद्ध पनि दुष्प्रचार गर्दै आएको बताइन्छ ।
उनको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा विभिन्न सामाग्री प्रचारप्रसार गरेको देखिन्छ । सहकारी ठगी प्रकरणमा कारागार पुगेका लामिछानेलाई छुटाउन उनले हस्ताक्षर संकलन अभियान समेत चलाइरहेका छन् ।
थप विवरण अद्यावधिक गरिएकोः सं.
सिफारिस समाचारः
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह