स्याङ्जा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपीट गरेको भन्दै एक मजदुर प्रहरीकहाँ पुगेका छन् ।
पीडित भनिएका राजकुमार राईले उनीविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएपछि सोमबारको घटना मंगलबार बाहिर आएको हो । त्यहाँका प्रहरीले घटनाबारे अनुसन्धानका लागि सम्बन्धित व्यक्ति नियन्त्रणमा लिइसकिएको जानकारी दिएको छ ।
घटना विवरणअनुसार मिस्त्री काम गर्ने उनी सोमबार साँझ काम सकेर कोठामा बसिरहेका थिए । त्यसैबेला अर्याल नेतृत्वको समूह अश्लिल गालीगलौज गर्दै आक्रमणमा उत्रिएको ती मजदूरको गुनासो छ । ‘यहाँ फेरि देखे भने मारिदिन्छु’ भन्दै धम्की समेत दिएको उजुरीमा उल्लेख गरिएको छ ।
‘प्रकाश अर्यालसहितका व्यक्तिहरुले कुनै कारण बिना नै अश्लिल शब्द प्रयोग गर्दै मलगायत मेरा साथीहरुलाई कुटपिट गरे’, उजुरीमा भनिएको छ, ‘कुटपिटबाट म र मेरा साथीहरु घाइते भएका छौँ ।’

कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न उनले माग गरेका छन् । कुटाई खाएका राई पोखरा पुगेकाले बुधबार फर्कँदै गरेको र त्यसपछि घटनाबारे थाहा हुने पनि प्रहरी बताउँछ ।
सामाजिक सञ्जालमा सक्रिय स्याङ्जाका युवा एलपी ढकालले फेसबुक मार्फत् घटनाबारे सार्वजनिक गरेपछि पीडकलाई कानुनी कारबाहीमा ल्याउन दबाब परेको हो ।
अर्यालले ०८४ को निर्वाचनमा वालिङ नगरपालिकाको मेयर बन्ने भन्दै स्थानीय सरकारविरुद्ध अभियान चलाइरहेका छन् । उनले त्यहाँका मेयर, उपमेयर र अन्य जनप्रतिनिधिविरुद्ध पनि दुष्प्रचार गर्दै आएको बताइन्छ ।
उनको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा विभिन्न सामाग्री प्रचारप्रसार गरेको देखिन्छ । सहकारी ठगी प्रकरणमा कारागार पुगेका लामिछानेलाई छुटाउन उनले हस्ताक्षर संकलन अभियान समेत चलाइरहेका छन् ।
थप विवरण अद्यावधिक गरिएकोः सं.
सिफारिस समाचारः
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो