बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

lamjung-road-scaled

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मङ्गलबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै बुधबार (असार २५ गते)देखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ ।

अर्को निर्णय नभएसम्म बेँसीशहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएअनुसार आजदेखि नै कार्यान्वयन थालिएको प्रशासनले जनाएको छ ।

चामे नजिकैको कोतोबाट दिउँसो साढे ४ बजेपछि बेँसीशहरका लागि गाडी छुट्न नपाइने व्यवस्था छ । ती गाडी नासो गाउँपालिका–१ तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ