पोखरा । ईञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका त्रि.वि. प्राध्यापक संघ क्याम्पस एकाई समितिहरुले गत असार १० गते त्रि.वि रजिष्ट्रारको कार्यालयले त्रि.वि सभा तथा कार्यकारी परिषद्को निर्णय भन्दै पठाएको पत्रप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विकेन्द्रीकरणको नियम अन्तर्गत सञ्चालित ई.अ.स. कार्यान्वयन समितिको अधिकारलाई कुण्ठित गरी नियमित रुपमा शैक्षिक तथा प्रशासनिक कार्यमा लागिरहेका शिक्षक कर्मचारीहरुलाई आन्तरिक श्रोतबाट उपलब्ध गराइएको सुविधा बेरुजु देखाई असुल उपर गर्नुपर्ने भन्दै सन्त्रासको अवस्था उत्पन्न गरेको प्राध्यापकहरुले जनाएका छन् ।

त्रि.वि प्राध्यापक संघ, पूर्वाञ्चल क्याम्पस, पुल्चोक क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, चितवन ई. क्याम्पस र थापाथली क्याम्पसका तर्फबाट प्राध्यापकहरुले कार्यकारी परिषद्लाई पत्र लेखेर पठनपाठन स्थगन गरिएको उल्लेख गरेका छन् ।
इ.अ.स. डीनको कार्यालयलाई आर्थिक स्वायत्तता र सुदृढिकरणसहित विकेन्द्रीकरणको पचिालन गर्न पाउने अधिकार पुनः प्रत्यायोजन गर्नुपर्ने उनीहरुको माग छ ।

विगत एक हप्तादेखि विभिन्न कार्यक्रम राखी आन्दोलनरत पक्षसँग विश्वविद्यालयका पदाधिकारीले कुनै वार्ता नगरेको उल्लेख गर्दै संघले माग सम्बोधन नभएसम्मका लागि सबै क्याम्पसहरुमा सञ्चालित कक्षा पूर्णतः बहिष्कार गरेको जनाएका छन् ।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो