आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित

आन्दोलन

आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित

माग सम्बोधन नभएसम्म कक्षा बहिष्कार

wrc (1)

पोखरा । ईञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका त्रि.वि. प्राध्यापक संघ क्याम्पस एकाई समितिहरुले गत असार १० गते त्रि.वि रजिष्ट्रारको कार्यालयले त्रि.वि सभा तथा कार्यकारी परिषद्को निर्णय भन्दै पठाएको पत्रप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विकेन्द्रीकरणको नियम अन्तर्गत सञ्चालित ई.अ.स. कार्यान्वयन समितिको अधिकारलाई कुण्ठित गरी नियमित रुपमा शैक्षिक तथा प्रशासनिक कार्यमा लागिरहेका शिक्षक कर्मचारीहरुलाई आन्तरिक श्रोतबाट उपलब्ध गराइएको सुविधा बेरुजु देखाई असुल उपर गर्नुपर्ने भन्दै सन्त्रासको अवस्था उत्पन्न गरेको प्राध्यापकहरुले जनाएका छन् ।

त्रि.वि प्राध्यापक संघ, पूर्वाञ्चल क्याम्पस, पुल्चोक क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, चितवन ई. क्याम्पस र थापाथली क्याम्पसका तर्फबाट प्राध्यापकहरुले कार्यकारी परिषद्लाई पत्र लेखेर पठनपाठन स्थगन गरिएको उल्लेख गरेका छन् ।

इ.अ.स. डीनको कार्यालयलाई आर्थिक स्वायत्तता र सुदृढिकरणसहित विकेन्द्रीकरणको पचिालन गर्न पाउने अधिकार पुनः प्रत्यायोजन गर्नुपर्ने उनीहरुको माग छ ।

विगत एक हप्तादेखि विभिन्न कार्यक्रम राखी आन्दोलनरत पक्षसँग विश्वविद्यालयका पदाधिकारीले कुनै वार्ता नगरेको उल्लेख गर्दै संघले माग सम्बोधन नभएसम्मका लागि सबै क्याम्पसहरुमा सञ्चालित कक्षा पूर्णतः बहिष्कार गरेको जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds