पोखरा । शुक्रबार छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा (बहुमत) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कालोमोसो लगाएर दुर्व्यवहारको घटनाप्रति नेकपा एमाले निकट अनेरास्ववियु, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निवासबाट विद्यालयतर्फ जाने क्रममा पूर्व शिक्षकसमेत रहेका पहारीलाई बहुमत क्रान्तिकारीले अत्यन्त अमानवीय, कायरतापूर्ण ढंगले बाटो छेकी शरीरमा काली मसी छर्केर अपराधिक आक्रमण भएको भन्दै घटनाप्रति अनेरास्ववियुले घोर भर्त्सना पनि गरेको छ ।
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हरण गरी गरिएको यस्तो गम्भीर आपराधिक कार्य केवल निन्दनीय मात्र नभई कानूनी र नैतिक दृष्टिले पूर्णरूपमा निकृष्ट र अस्वीकार्य रहेको बताएका छन् । उनले घटनामा संलग्नलाई कडा कारबाहीको माग पनि गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ – ‘यस्ता किसिमका गतिविधिले समग्र विद्यार्थी आन्दोलनलाई नै बदनाम गरिरहेको परिप्रेक्ष्य हामीबीच छर्लंग छ । राजनीतिको नाममा गुण्डागर्दी गर्ने, संगठनको नाममा विद्यालयमा आतंक मच्चाउने र अपराधलाई संरक्षण गर्ने प्रवृत्तिलाई हामी कदापी सहन तयार छैनौँ । विद्यालय, शिक्षासेवी र शिक्षाक्षेत्रलाई आतंकित बनाउन र कानून हातमा लिएर अराजकता सुजना गर्न खोज्ने व्यक्तिहरूको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसंग अनेरास्ववियु जिल्ला कमिटी कास्की यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछ।’

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ