पोखरा । शुक्रबार छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा (बहुमत) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कालोमोसो लगाएर दुर्व्यवहारको घटनाप्रति नेकपा एमाले निकट अनेरास्ववियु, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निवासबाट विद्यालयतर्फ जाने क्रममा पूर्व शिक्षकसमेत रहेका पहारीलाई बहुमत क्रान्तिकारीले अत्यन्त अमानवीय, कायरतापूर्ण ढंगले बाटो छेकी शरीरमा काली मसी छर्केर अपराधिक आक्रमण भएको भन्दै घटनाप्रति अनेरास्ववियुले घोर भर्त्सना पनि गरेको छ ।
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हरण गरी गरिएको यस्तो गम्भीर आपराधिक कार्य केवल निन्दनीय मात्र नभई कानूनी र नैतिक दृष्टिले पूर्णरूपमा निकृष्ट र अस्वीकार्य रहेको बताएका छन् । उनले घटनामा संलग्नलाई कडा कारबाहीको माग पनि गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ – ‘यस्ता किसिमका गतिविधिले समग्र विद्यार्थी आन्दोलनलाई नै बदनाम गरिरहेको परिप्रेक्ष्य हामीबीच छर्लंग छ । राजनीतिको नाममा गुण्डागर्दी गर्ने, संगठनको नाममा विद्यालयमा आतंक मच्चाउने र अपराधलाई संरक्षण गर्ने प्रवृत्तिलाई हामी कदापी सहन तयार छैनौँ । विद्यालय, शिक्षासेवी र शिक्षाक्षेत्रलाई आतंकित बनाउन र कानून हातमा लिएर अराजकता सुजना गर्न खोज्ने व्यक्तिहरूको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसंग अनेरास्ववियु जिल्ला कमिटी कास्की यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछ।’

सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो