साधना केन्द्रमा रुद्राभिषेक लगायत अनुष्ठान सुरु

साधना केन्द्रमा रुद्राभिषेक लगायत अनुष्ठान सुरु

pho

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर स्थित नदिपुर स्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्रमा योग, ध्यान, साधना सहितको विभिन्न पारम्परिक उपचार पद्धतिबाट रुद्राभिषेक तथा ग्रहदोष निवारण सम्बन्धि विषेश कार्यक्रम सुरु भएको छ ।

अनन्त श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा आयोजित उक्त कार्यक्रम साउन महिनाभर पोखरामा हुने हिमालयन सिद्ध महायोग साधना केन्द्रका अध्यक्ष विष्णु प्रसाद शर्माले बताए ।

जगत्गुरु श्रीरामाचार्य सेवापिठ चतरा, सुनसरी एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा विशेष अनुष्ठान (पारम्परिक उपचार पद्धति) सहित ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श र सद्गुरुदेवबाट दिव्य सत्संग कार्यक्रम हुने नारायण स्थान धार्मिक विकास समिति अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका पिठाधिष महेश पराजुलीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ