पोखरा। रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ ।
कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् ।
कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा. जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे ।
प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए । विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशीलताले लेखनमा नयाँ नयाँ कविताहरू लेख्न हुटहुटी जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरू यसबाट टाढा रहेको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए । उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए । अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए । भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए । वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।
कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे । पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन । संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने प्रतिवद्धता उनको थियो ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ