सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद

सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद

death body

सुनसरी । सुनसरीको इनरुवामा पति/पत्नी मृत फेला परेका छन्।

आइतबार बिहान इनरुवा नगरपालिका– ९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको हो । सवेताको शव भने ओछ्यानमा फेला परेको हो ।

सुकदेवको शरीर अर्ध नग्न अवस्थामा रहेको र उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ९ बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ