पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाको हालत पनि उस्तै छ: केसी

राजनीति

पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाको हालत पनि उस्तै छ: केसी

chitra-bahadur-kc

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले घण्टि बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको टिप्पणी गरे। ‘पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं,’ केसीले भने, ‘अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी।’

सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ।

‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन?,’ केसीले भने, ‘अहिले पनि सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसद्मा होहल्ला भइरहेको छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds