झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको आरोप लगाएका छन्।
झापाको बिर्तामोडमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको बताएका हुन्।
उनले सहकारीका करोडौँ झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गरेको बताए। अदालतले थुन्ने आदेश दिए पनि एमालेमाथि प्रहार भइरहेको बताए। उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए।
भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट तत्त्वहरू हस्ताक्षर अभियान चलाएर हिँडेका छन्। सहकारीको करोडौँ झ्वाम पार्ने‚ गरिब जनताका पैसा खाने अनि अन्याय पर्यो भन्ने! अदालतले लगेर थुनेको छ‚ हामीले अन्याय गरिदिएको हो? मुद्दा लड्न जाऊ न अदालतविरुद्ध पुनरावेदन गर्न पाइन्छ। जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने? मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने। यस्तो पनि हुन्छ? यो भ्रष्टका चर्चा हुन्।’
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्टहरूले अफवाह फैलाइरहेको बताए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह