झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको आरोप लगाएका छन्।
झापाको बिर्तामोडमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको बताएका हुन्।
उनले सहकारीका करोडौँ झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गरेको बताए। अदालतले थुन्ने आदेश दिए पनि एमालेमाथि प्रहार भइरहेको बताए। उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए।
भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट तत्त्वहरू हस्ताक्षर अभियान चलाएर हिँडेका छन्। सहकारीको करोडौँ झ्वाम पार्ने‚ गरिब जनताका पैसा खाने अनि अन्याय पर्यो भन्ने! अदालतले लगेर थुनेको छ‚ हामीले अन्याय गरिदिएको हो? मुद्दा लड्न जाऊ न अदालतविरुद्ध पुनरावेदन गर्न पाइन्छ। जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने? मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने। यस्तो पनि हुन्छ? यो भ्रष्टका चर्चा हुन्।’
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्टहरूले अफवाह फैलाइरहेको बताए।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ