काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी नगराएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न शुरु गरेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा मूल धारका राजनीतिक दलहरूको विकल्पको आउन खोजेका दलले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए।
निराशाको विकल्पमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा नेपालको राजनीतिमा पपुलिजमलाई प्रवर्द्धन गर्ने काम गरेको बताए। नयाँ दललाई परीक्षण छिटो हुन दिनुपर्छ भनेर एमालेले उनीहरूले मागेको मन्त्रालय दिएको बताए।
त्यो वेलासम्म रास्वपाका नेताहरूको भरोसाको केन्द्र नै एमाले अध्यक्ष केपी शर्मा ओलीको घर भएको र उनीहरूको उठबस नै एमाले अध्यक्षको घर रहेको दावी गरे। काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट प्रहार शुरु भएको बताए।
महासचिव पोखरेलले भने, ‘गृहमन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री बनाएर जिम्मा दियौँ। पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दियौँ। त्यतिन्जेल रास्वपाका नेताहरूको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको घर थियो। बसउठ त्यहीँ हुन्थ्यो।’
महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताए।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ