प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्

राजनीति

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्

'प्रचण्डले जर्जर छोडेको अर्थतन्त्र सुधारेँ'

Prachanda_and_oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान सुझाव दिएका छन्।

प्रचण्डले ३०० दिनमा पनि कीर्तिपुर क्रिकेट रंगशाला सम्पन्न नभएपछि प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?

सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

प्रधानमन्त्री ओलीले सरकारको कामबारे तथ्यतथ्यांक राखेर प्रधानमन्त्रीको रूपमा कुनै जवाफ दिन नपरेको भन्दै उल्टै प्रचण्डलाई प्रश्न गरेका छन्। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।’

प्रचण्डले जर्जर छोडेको अर्थतन्त्र अहिले धेरै माथि पुगेको र तथ्यांकमा हेर्न पनि प्रधानमन्त्री ओलीले सुझाव दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ