डिलभिरको मापदण्ड घटाउन रातोपैह्राका बासिन्दाको माग

डिलभिरको मापदण्ड घटाउन रातोपैह्राका बासिन्दाको माग

photo ratopaira tol

पोखरा । सरकारले जग्गाको लालपूर्जा दियो तर घर बनाउन नपाएको भन्दै पोखरा १७ रातोपैराका वासिन्दाले सेतीनदीको मापदण्ड घटाउन माग गरेका छन् ।

पल्लो रातोपैह्रा टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले महानगरपालिकाले लगाएको डिलभिरको मापदण्ड घटाउन माग गरेका हुन् ।

महानगरले सेतीनदीकोे मापदण्ड डिलभिरबाट ३० मिटर कायम गर्दा लामो समयको अन्तरालमा प्राप्त गरेको जग्गाधनी पुर्जाको तिरोतिर्ने र घरको नक्शा प्राप्त गर्ने अधिकारबाट बञ्चित हुन वाध्य भएको स्थानीय वासिन्दाको सामुहिक गुनासो रहेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले सो साधारण सभाको उद्घाटन गर्दै सेतीनदी लगायत विभिन्न खोलाको मापदण्ड घटाउन पहल गर्ने बताए ।

जलवायु परिवर्तनको कारण नदी र खोलाका किनाराको वस्ति उच्च जोखिममा रहेको भन्दै नागरिकको सुरक्षाको लागि महानगरले मापदण्ड कायम गरेकोमा जोड दिंदै उनले यस क्षेत्र सेनीदनी खुल्ला अवस्थामा रहेको हुँदा पुर्नरावलोकन गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले टोलछिमेकको विकास निर्माणमा स्थानीयवासिन्दा सगठीत भएर लाग्नु पर्नेमा जोड दिंदै एकतावद्ध समाजले मात्र आवश्यक पुरा गर्ने विश्वास व्यक्त गरे ।

समाजसेवी लिला वहादुर जिसीले पिछडीएको यस क्षेत्रको विकास निर्माणमा वडास्तरबाट विषेश ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा टोल विकास संस्थालाई सहयोग गर्नुहुने आठजनालाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष देववहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष टिका वहादुर द्धारे खाँण, मनशान्ति केसी,भिम प्रसाद सुवेदी,सकुन्तला शर्मा लगायतले टोल विकास संस्थाको महत्व माथि प्रकाश पारेका थिए ।

संस्थाको उपाध्यक्ष सरास्वती सिग्देलले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्णप्रसाद सापकोटाले सांगठानिक र लक्ष्मी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds