पोखरा । सरकारले जग्गाको लालपूर्जा दियो तर घर बनाउन नपाएको भन्दै पोखरा १७ रातोपैराका वासिन्दाले सेतीनदीको मापदण्ड घटाउन माग गरेका छन् ।
पल्लो रातोपैह्रा टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले महानगरपालिकाले लगाएको डिलभिरको मापदण्ड घटाउन माग गरेका हुन् ।
महानगरले सेतीनदीकोे मापदण्ड डिलभिरबाट ३० मिटर कायम गर्दा लामो समयको अन्तरालमा प्राप्त गरेको जग्गाधनी पुर्जाको तिरोतिर्ने र घरको नक्शा प्राप्त गर्ने अधिकारबाट बञ्चित हुन वाध्य भएको स्थानीय वासिन्दाको सामुहिक गुनासो रहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले सो साधारण सभाको उद्घाटन गर्दै सेतीनदी लगायत विभिन्न खोलाको मापदण्ड घटाउन पहल गर्ने बताए ।
जलवायु परिवर्तनको कारण नदी र खोलाका किनाराको वस्ति उच्च जोखिममा रहेको भन्दै नागरिकको सुरक्षाको लागि महानगरले मापदण्ड कायम गरेकोमा जोड दिंदै उनले यस क्षेत्र सेनीदनी खुल्ला अवस्थामा रहेको हुँदा पुर्नरावलोकन गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले टोलछिमेकको विकास निर्माणमा स्थानीयवासिन्दा सगठीत भएर लाग्नु पर्नेमा जोड दिंदै एकतावद्ध समाजले मात्र आवश्यक पुरा गर्ने विश्वास व्यक्त गरे ।
समाजसेवी लिला वहादुर जिसीले पिछडीएको यस क्षेत्रको विकास निर्माणमा वडास्तरबाट विषेश ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा टोल विकास संस्थालाई सहयोग गर्नुहुने आठजनालाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष देववहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष टिका वहादुर द्धारे खाँण, मनशान्ति केसी,भिम प्रसाद सुवेदी,सकुन्तला शर्मा लगायतले टोल विकास संस्थाको महत्व माथि प्रकाश पारेका थिए ।
संस्थाको उपाध्यक्ष सरास्वती सिग्देलले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्णप्रसाद सापकोटाले सांगठानिक र लक्ष्मी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो