कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

tass

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका– ७ फेदीबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २५ सुईखेत बस्ने बर्ष ४० कोगंगा बहादुर थापा, माछापुच्छ्रे– ८ ल्वाङघलेल बस्ने बर्ष ४० को चन्द्रमान तामाङ, माछापुच्छ्रे– ७ फेदीका बर्ष ४१ को बिनोद गुरुङ, बर्ष ५३ कोधिर बहादुर गुरुङ र वर्ष ४७ को कृष्ण बहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले मंगलबार साँढे ५ बजे पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ७३ हजार ४१० रुपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुनेमुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ