साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

kodo

पोखरा । सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय कृषक समूह महासङ्घले साउन १५ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउँदै आएको थियो । यस वर्षदेखि सरकारले राष्ट्रिय रूपमै दिवस मनाउने भएको हो ।

बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेसँगै अब अबदेखि हरेक वर्ष कोदो दिवस मनाइनेछ ।

सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ