कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ

Pakrau filepic

तनहुँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि स्याङ्जाबाट पक्राउ परेका छन् ।

कर्तव्य ज्यान गरी फरार रहेका तनहुँको भिमाद नगरपालिका ८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई आज बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत तनहुँको २०६० माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका ४ घुर्लिचौरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २२ चैत्र २०५२ मा तनहुँको साविक ढोरफिर्दी गाविस ८ र भानुमति गाविस ७ राईपुरको सिमानामा पर्ने क्याङ्दी खोला र वरखोला बीच जरेबरमा लागेको मेलामा महिलाको विषयमा सामान्य वादविवाद हुँदा फिरोजले स्थानीय चित्र बहादुर खाँडलाई खुकुरी तथा छुरी प्रहार गरी कर्तव्य गरी मारेर फरार भएका थिए ।

पक्राउ परेका फिरोजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ