पोखरा । पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।
पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।
पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पुर्याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उनले बताए । तालिममा पोखरामा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका ८४ जनाको सहभागिता थियो ।
पोखराको पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका पर्यटन व्यवसायीलाई सहभागी बनाएर गरिएको तालिम बहु उपयोगी बनेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
यस किसिमका तालिमलाई आगमी दिनमा अझै परिस्कृत बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीका अनुसार तालिममा चिनियाँ प्रशिक्षकद्वय रिहा र हानले सहजिकरण गरेका थिए ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेश पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, प्रशिक्षार्थी संगीता अधिकारी लगायतले भाषा तालिमले पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’