नेविसंघ पोखराले भन्यो – ‘छात्रवृत्ति पारदर्शी बनाऊ, भर्ना शुल्क लिनेलाई कारबाही गर

राजनीति

नेविसंघ पोखराले भन्यो – ‘छात्रवृत्ति पारदर्शी बनाऊ, भर्ना शुल्क लिनेलाई कारबाही गर

Nebisangh

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले पोखराका विद्यालय तथा क्याम्पसहरूमा लिइने भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष विपिन पौडेलले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरूबाट आएका गुनासोहरूलाई सम्बोधन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखासँग माग गरेका हुन् ।

आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए शैक्षिक आन्दोलन गर्ने उनको चेतावनी छ । पोखराका सम्पूर्ण शिक्षण संस्थाहरूले कुल विद्यार्थी संख्याको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क लिन नपाइने र अतिरिक्त क्रियाकलापका नाममा कुनै पनि शुल्क उठाउन नहुने माग नेविसंघको छ ।

यस्तै, सामुदायिक विद्यालयहरूमा संविधानप्रदत्त निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्दै कक्षा १२ सम्म लिइँदै आएको भर्ना तथा मासिक शुल्क पूर्ण रूपमा बन्द गरिनुपर्ने माग राखिएको छ ।

‘हाम्रा मागहरू सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू तय गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द समेत गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

Screenshot

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds