जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पछिल्लो विवरणअनुसार राहदानी लिने नागरिकको संख्या नयाँ नागरिकता लिनेको तुलनामा उल्लेखनीय रुपमा बढी देखिएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङ्स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी रहेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा नयाँ नागरिकता लिने ७,८५५ जना रहेका थिए । यस अवधिमा राहदानी लिने १० हजार ८२९ जना रहेका छन्, जुन नयाँ नागरिकता लिनेभन्दा अझै धेरै हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल ११ हजार आठ सय ४२ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय, वालिङ्समेत)बाट आर्थिक वर्ष २०८१/०८२ मा प्रतिलिपीबाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८,४८१ वितरण गरेको छ भने २९ जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले १० नागरिकता र एक नागरिकता प्रतिलिपी रद्द गरेको छ ।
अमेरिकामा ९, बेलायतमा ५, क्यानाडा र हङकङमा ३/३, अस्ट्रेलिया, पोर्चुगल र भारतमा २/२, जापान, फिनल्यान्ड र नर्वेमा एक/एक जनाले उहीँ कै नागरिकता लिई नेपाली नागरिकता त्याग गरेको कार्यालयले जनाएको छ ।
यसैबीच, स्याङ्जा प्रशासनले नागरिकतासंगै परिचयपत्र वितरणमा समेत उल्लेखनीय सेवा प्रदान गरेको छ । कार्यालयले ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ ।
विदेशिने लहर, वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणको लागि राहदानी आवश्यक परेकाले राहदानी माग उच्च रहेको बताइएको छ । यसले स्याङ्जामा वैदेशिक गन्तव्यप्रतिको आकर्षण झनै बढेको संकेत दिन्छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ