जोमसोम । मुस्ताङमा ४ हजार २ सय २० जना लाई उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने प्रस्थान अनुमति पत्र (सीमापार) पास वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ र इलाका प्रशासन कार्यालय लोमान्थाङले नाका खुलेको साढे २ वर्षको अवधिमा उक्त संख्यामा सीमापार पास वितरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार चीनको सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा हालसम्म २ हजार ३ सय २५ जनाले चीन प्रस्थान गर्ने सीमापार पास प्राप्त गरेका छन् । उपल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ६ सय ३८ जना नागरिकलाई चीन जाने सीमापार वितरण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
मुस्ताङको तल्लो क्षेत्रमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६ सय ३१ जना, घरपझोङ गाउपालिकामा ४ सय ५८ जना र थासाङ गाउँपालिकामा १ सय ६८ जना नागरिकलाई चीन प्रस्थान अनुमति पत्र (सीमापार)पास वितरण गरिएको भुसालले सुनाए ।
यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले त्यहाँको ईलाका प्रशासन कार्यालय र सम्बन्धित गाउँपालिकाको समन्वयमा त्यहाँका स्थानीयलाई शिविर सञ्चालन गरेर चीन जाने प्रस्थान अनमति पत्र (सीमापार) पास वितरण गरेको थियो । तल्लो मुस्ताङका तीन गाउँपालिकामा भने सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमापार पास वितरण गरेको थियो ।
मुस्ताङका एक तिहाइले मात्रै चीन जाने प्रस्थान अनुमति पाएका हुन् । यहाँका कतिपय नागरिक विदेशमा रहेको र कतिपय जिल्ला बाहिर बसोबास गर्ने भएकाले सीमापार पास बनाउनेको सख्या उल्लेख्य रुपमा वृद्धि हुन नसकेको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को चिन भ्रमणपछि वि.स. २०८० साल कात्तिक २७ गते नेपाल—चिन कोरलानाका औपचारिक रुपमा बाह्रै महिना खुला गरिएको थियो । चिनया पक्षले खासगरी उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै कोरलानाका खुला गरेको थियो । नाका खुलेको केही समयपछि नेपाल—चीन पक्षको आपसी समझदारीमा मुस्ताङका पाँच वटै पालिकाका नागरिकलाई सीमापार पास वितरण गर्न थालिएको थियो ।
कोरला नाका खुला गरिनुअघि कोरना कहरको संक्रमणकालीन अवस्थामा चीन पक्षले लगातार ४ वर्षसम्म एक पक्षीय रुपमा कोरला नाकाको ढोका बन्द गरेको थियो । त्यस समय चिनयाँ पक्षले नाका बन्द गरेपछि उपल्लो मुस्ताङमा चिनियाँ सामग्रीको अभाव खट्किएको थियो ।
त्यसअघि नेपाल—चिन कोरलानाका अन्तरदेशीय अल्पकालीन व्यापार मेलाको रुपमा चिनको तिब्बती भूमीमा सञ्चालन हुने गथ्र्यो । मुस्ताङका सीमावर्ती बासिन्दाको सुविधाका लागि चीन पक्षले त्यस समयमा बर्सेनि असार र भदौ महिनामा अन्तरदेशीय अल्पकालीन व्यापार मेला चलाउने गथ्र्यो । त्यहाँ उपल्लो मुस्ताङका नागरिकले आफूलाई चाहिने दैनिक उपभोग्य वस्तु किन्थे । त्यहाँ सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरेर चनिको तिब्बती भूमी लिग्चेमा हाटबजार चलाउने गरिएको थियो ।
कोरला नाका चिनिया पक्षले औपचारिक रुपमा बाह्रे महिना खुला गरेपछि उपल्लो मुस्ताङका स्थानीय नागरिक निकै खुसी भएका थिए । तर, उनीहरुको उत्साह अहिले कम भएको छ । नाकामा नेपाल पक्षले भन्सार नाकालाई सशक्त तुल्याउन विलम्ब हुँदा त्यहाँका नागरिकलाई चिनियाँ सामान आयातमा नियमन गरिएको हो । मुस्ताङको लोमान्थाङ २ न्हेचुङमा भन्सार कार्यालय सञ्चालनमा रहे पनि भन्सारलाई आवश्यक खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाईन, पेय पदार्थ क्वारेन्टाइन लगायतका संरचना निर्माण नहुँदा मुस्ताङ भन्सार कार्यालयको कार्यसम्पादन सशक्त बन्न नसकेको हो ।
भन्सार कार्यालयका लागि आवश्यक पूर्वाधार निर्माण नहुँदा उपल्लो मुस्ताङका स्थानीय व्यापारीले चिनिया सामान आयात गरी आन्तरिक व्यापार गर्नमा समेत समस्या परेको छ । सरकारले उत्तरी कोरलानाका खुला भएपछि त्यहाँका दसगजा क्षेत्रमा अध्यागमन कार्यालयसमेत स्थापना गरिसकेको छ ।
सम्बन्धित खबर
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणः सर्वोच्चद्वारा पूर्वमन्त्री गुप्ता र अन्य प्रतिवादीलाई पेसीको सूचना दिन आदेश
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो