रसुवाको गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परे।
मृतकहरू दाजुभाइ थिए । मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकाल मामा फुपुका छोरा हुन् । उनीहरू दुवै जना अविवाहित थिए।
मनोज काठमाडौंमै बसेर कम्प्युटरसम्बन्धि काम गर्थे। सुजन विराटनगरस्थित एनआइसी एसिया लघुवित्तमा कार्यरत थिए। घुम्न रूचि राख्ने यी दुवैले सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए। उनीहरूको टोलीमा १३ जना थिए।
आइतबार दिउँसो ३ देखि साढे ३ बजेको समयमा यो घटना भएको थियो। ताल छेउमा रहेका सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेका र दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोज्दा उनी पनि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो। उद्दारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ। दुई जनाको डुबेर मृत्यु भएपछि टोलीका अरू सदस्य काठमाडौं फर्केका छन्।
पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कन नसकेका र समयमै उद्धार हुन नसक्दा बेपत्ता बनेका थिए ।
पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने प्रहरीको अनुमान छ।
मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् भने सुजनको परिवारमा आमा र दाजुभाउजू छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’