मणिपाल अस्पतालको सहकार्यमा पोखरा विमानस्थलमा प्राथमिक उपचार केन्द्र

सहकार्य

मणिपाल अस्पतालको सहकार्यमा पोखरा विमानस्थलमा प्राथमिक उपचार केन्द्र

विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा

manipal airport

पोखरा । अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र रहने भएको छ ।

नेपाल मणिपाल शिक्षण अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयबीच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवाका साथै विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्ने सहमति भएको छ ।

अस्पतालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुको स्वास्थ्यमा ध्यान राखी विमानस्थल क्षेत्रमा यात्रुलाई आकस्मिक स्वास्थ्य समस्या आएको खण्डमा तुरुन्त सोहि स्थानमा प्राथमिक उपचार दिन स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपकरण सहित प्राथमिक उपचार केन्द्र राख्ने भएको हो ।

यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुहरुलाई कुनै पनी स्वास्थ्य समस्या आए तुरुन्त प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न सकिने मणिपाल अस्पतालले जनाएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’ अन्तर्गत विमानस्थलमा कार्यरत कर्मचारीलाई विभिन्न स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्ने दुई पक्षबीच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फबाट विमानस्थल संचालन महाशाखा प्रमुख एवं उपनिर्देशक जसोदा सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ