स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय तहमा तरकारी उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिकिलो ५ रुपैयाँका दरले नगद अनुदान वितरण थालेको छ । ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत सञ्चालित यस योजनाले १२७ जना किसानलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।
नगर उपप्रमुख कविता तिवारी गैरेका अनुसार वालिङलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू अघि बढाइएको छ । “किसानले ढुक्कसँग उत्पादन गर्नुहोस्, बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ,” उपप्रमुख तिवारीको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा किसानले उत्पादन गरेको तरकारीको बिक्री तथ्यांकका आधारमा अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामार्फत वितरण गरिएको यस अनुदान कार्यक्रम अन्तर्गत कुल ६ लाख ६८ हजार रुपैयाँ प्रदान गरिएको हो ।
कृषि शाखा प्रमुख सुभाषचन्द्र अर्यालले न्यूनतम दुई रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी खेती गर्ने किसानलाई कुल उत्पादन लागतको २० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिइएको जानकारी दिए ।
सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालका अनुसार पछिल्लो ६ महिनामा मात्रै १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी संकलन गरिएको छ, जुन ४० वर्षयताकै उच्चतम परिमाण हो । उनले सहकारीमार्फत प्रोत्साहन कार्यक्रमबापत ६ लाख ६८ हजार ८८५ रुपैयाँ प्राप्त भएको बताए ।
यस कार्यक्रमले वालिङ नगरभित्र व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ किसानको आकर्षण बढाएको छ र दर्जनौं किसानलाई प्रत्यक्ष रूपमा लाभ पुगेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ