स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय तहमा तरकारी उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिकिलो ५ रुपैयाँका दरले नगद अनुदान वितरण थालेको छ । ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत सञ्चालित यस योजनाले १२७ जना किसानलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।
नगर उपप्रमुख कविता तिवारी गैरेका अनुसार वालिङलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू अघि बढाइएको छ । “किसानले ढुक्कसँग उत्पादन गर्नुहोस्, बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ,” उपप्रमुख तिवारीको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा किसानले उत्पादन गरेको तरकारीको बिक्री तथ्यांकका आधारमा अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामार्फत वितरण गरिएको यस अनुदान कार्यक्रम अन्तर्गत कुल ६ लाख ६८ हजार रुपैयाँ प्रदान गरिएको हो ।
कृषि शाखा प्रमुख सुभाषचन्द्र अर्यालले न्यूनतम दुई रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी खेती गर्ने किसानलाई कुल उत्पादन लागतको २० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिइएको जानकारी दिए ।
सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालका अनुसार पछिल्लो ६ महिनामा मात्रै १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी संकलन गरिएको छ, जुन ४० वर्षयताकै उच्चतम परिमाण हो । उनले सहकारीमार्फत प्रोत्साहन कार्यक्रमबापत ६ लाख ६८ हजार ८८५ रुपैयाँ प्राप्त भएको बताए ।
यस कार्यक्रमले वालिङ नगरभित्र व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ किसानको आकर्षण बढाएको छ र दर्जनौं किसानलाई प्रत्यक्ष रूपमा लाभ पुगेको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस