पोखरा । प्रसिद्ध लोकगायक कल्याण शेरचनको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले निर्माण गरेको उक्त प्रतिमा पोखरा–१८, सहिद पार्कमा स्थापना गर्न लागिएको हो । स्मारकस्थल अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनायो । वरिष्ठ कलाकार विष्णुप्रसाद बरालले बनाएका हुन् ।
प्रतिष्ठानको वार्षिक साधारण सभामा अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोले स्मारक निर्माणमा सबैले दिलैदेखि खुलेर सहयोग गर्न आग्रह गरे । उनले भने, ‘कल्याणले बिर्सनै नसकिने योगदान दिएर जानुभएको छ । हामीले पनि उहाँको उदाहरणीय स्मारक बनाउन लागेका छौं । यसमा सबै जुटौँ ।’
प्रमुख आमन्त्रित व्यक्तित्व प्रतिष्ठान सल्लाहकार तथा पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले कल्याण शेरचन बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्दै उनका साथ रहँदाको स्मरण गरे । उनले स्व. शेरचनका स्मरणीय तस्बिर प्रतिष्ठानलाई हस्तान्तरणसमेत गरे ।
अर्का सल्लाहकार पोखरा महानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद पौडेलले स्मारक निर्माण मात्र होइन, दिगो संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कल्याण शेरचन प्रतिभाशाली व्यक्तित्व भएको स्मरण गर्दै उनलाई अमर राख्न प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरे ।
थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले समितिले स्मारक निर्माणमा सहयोग गर्ने निर्णय गरिसकेको बताउँदै थप सहयोगका लागि पनि तयार रहेको बताए ।
सल्लाहकार तेजबहादुर गुरुङले कल्याण शालीन र प्रेरणादायी व्यक्तित्व भएको स्मरण गर्दै प्रतिमा निर्माण प्रशंसनीय कार्य भएको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रृजन गुरुङले स्वागत तथा सचिव जीवन दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेमराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा कलाकार तारापति सुवेदी र मञ्जु विकले कल्याण शेरचनले गाएका ‘सुख ज्यानलाई गुँदरी काम्लो’ र ‘कलिलो तामालाई, सोध रामलाई’ गीत प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो