पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टीफन कोल्बर्ट’ मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी छन्।
ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी बिग्रिएको उल्लेख गरेकी छन्। क्यालिफोर्नियाकी गभर्नर रहेकी ह्यारिसले आफ्नो करियरभर जनताको सेवा गरेको बताएकी छन्। उनले भनिन्, ‘गभर्नर बन्ने बारेमा मैले धेरै सोचेको थिएँ। मलाई मेरो राज्य क्यालिफोर्निया मन पर्छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता कम भएको छ।’
जब ह्यारिसलाई ‘तपाईं जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ’ भनेर जिज्ञासा राखियो, उनले जवाफमा भनिन् कि उनी अब देशभर यात्रा गर्न र मानिसहरूसँग कुरा गर्न चाहन्छिन्। तर यो भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ।
उनको नयाँ पुस्तक ‘१०७ डेज’ सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ। जसमा उनले १०७ दिनको राष्ट्रपति चुनाव अभियानको आफ्नो अनुभव उल्लेख गरेकी छन्। ती १०७ दिनमा उनलाई सबैभन्दा धेरै के कुराले अचम्मित बनायो भनेर सोध्दा ह्यारिसले भनिन्, ‘हरेक रात म प्रार्थना गर्थें कि आज मैले आफ्नो पूर्ण क्षमतासहित सबै काम गरेको छु।’
कमला ह्यारिस २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग हारेकी थिइन्। ट्रम्पले ३१२ मतसहित राष्ट्रपति चुनावको इलेक्टोरल कलेज जिते भने ह्यारिसले २२६ मत प्राप्त गरेकी थिइन्।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला