पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टीफन कोल्बर्ट’ मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी छन्।
ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी बिग्रिएको उल्लेख गरेकी छन्। क्यालिफोर्नियाकी गभर्नर रहेकी ह्यारिसले आफ्नो करियरभर जनताको सेवा गरेको बताएकी छन्। उनले भनिन्, ‘गभर्नर बन्ने बारेमा मैले धेरै सोचेको थिएँ। मलाई मेरो राज्य क्यालिफोर्निया मन पर्छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता कम भएको छ।’
जब ह्यारिसलाई ‘तपाईं जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ’ भनेर जिज्ञासा राखियो, उनले जवाफमा भनिन् कि उनी अब देशभर यात्रा गर्न र मानिसहरूसँग कुरा गर्न चाहन्छिन्। तर यो भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ।
उनको नयाँ पुस्तक ‘१०७ डेज’ सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ। जसमा उनले १०७ दिनको राष्ट्रपति चुनाव अभियानको आफ्नो अनुभव उल्लेख गरेकी छन्। ती १०७ दिनमा उनलाई सबैभन्दा धेरै के कुराले अचम्मित बनायो भनेर सोध्दा ह्यारिसले भनिन्, ‘हरेक रात म प्रार्थना गर्थें कि आज मैले आफ्नो पूर्ण क्षमतासहित सबै काम गरेको छु।’
कमला ह्यारिस २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग हारेकी थिइन्। ट्रम्पले ३१२ मतसहित राष्ट्रपति चुनावको इलेक्टोरल कलेज जिते भने ह्यारिसले २२६ मत प्राप्त गरेकी थिइन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर