पोखरा । १०+२ तहमा नेपालकै एक उत्कृष्ट विद्यालय प्रतिभा मावि, पोखराले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको छ ।
प्राचार्य किरण सापकोटाका अनुसार यहाँबाट परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ९ जनाले ३.९६ सहित २२३ जनाले ३.६१ देखि ४.० जिपिए ल्याएका हुन् । हालसम्म जानकारी अनुसार ३.९६ जिपिए नै देशभरको उच्चतम् जिपिए हो । यसपटक कसैले पनि ४ जिपिए ल्याउन सकेनन् ।
यस्तै, ३२५ जनाले ३.२१ देखि ३.६० जिपिए ल्याएका छन् । १५१ जनाले २.८१ देखि ३.२० जिपिए र २१ जनाले २.४१ देखि २.८० जिपिए हासिल गरेको प्राचार्य सापकोटाले जनाए ।
पोखराको पालिखेचोकस्थित प्रतिभाले विगतमा पनि उत्कृष्ट नतिजा दिँदै आएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा संचालित कक्षा १२ को परीक्षामा प्रतिभाकी छात्रा शुरती पाण्डेले व्यवस्थापन संकायमा देशभरमै सर्वोत्कृष्ट विद्यार्थी हुन सफल भएकी थिइन् ।
प्राचार्य सापकोटाले शैक्षिक सर्वोत्कृष्टता कायम गर्दै समुत्तीर्ण सम्पूर्ण विद्यार्थी बाबुनानीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको लागि शुभकामना दिएका छन् । साथै, उत्कृष्ट नतिजाका लागि हरदम क्रियाशील शिक्षक, कर्मचारी, अभिभावक र शुभेच्छुकप्रतिभा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
विद्यालय अध्यक्ष नारायण पौडेलले विद्यालयले यो उपलब्धिलाई निरन्तर शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिएको बताए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह