पोखरा । १०+२ तहमा नेपालकै एक उत्कृष्ट विद्यालय प्रतिभा मावि, पोखराले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको छ ।
प्राचार्य किरण सापकोटाका अनुसार यहाँबाट परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ९ जनाले ३.९६ सहित २२३ जनाले ३.६१ देखि ४.० जिपिए ल्याएका हुन् । हालसम्म जानकारी अनुसार ३.९६ जिपिए नै देशभरको उच्चतम् जिपिए हो । यसपटक कसैले पनि ४ जिपिए ल्याउन सकेनन् ।
यस्तै, ३२५ जनाले ३.२१ देखि ३.६० जिपिए ल्याएका छन् । १५१ जनाले २.८१ देखि ३.२० जिपिए र २१ जनाले २.४१ देखि २.८० जिपिए हासिल गरेको प्राचार्य सापकोटाले जनाए ।
पोखराको पालिखेचोकस्थित प्रतिभाले विगतमा पनि उत्कृष्ट नतिजा दिँदै आएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा संचालित कक्षा १२ को परीक्षामा प्रतिभाकी छात्रा शुरती पाण्डेले व्यवस्थापन संकायमा देशभरमै सर्वोत्कृष्ट विद्यार्थी हुन सफल भएकी थिइन् ।
प्राचार्य सापकोटाले शैक्षिक सर्वोत्कृष्टता कायम गर्दै समुत्तीर्ण सम्पूर्ण विद्यार्थी बाबुनानीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको लागि शुभकामना दिएका छन् । साथै, उत्कृष्ट नतिजाका लागि हरदम क्रियाशील शिक्षक, कर्मचारी, अभिभावक र शुभेच्छुकप्रतिभा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
विद्यालय अध्यक्ष नारायण पौडेलले विद्यालयले यो उपलब्धिलाई निरन्तर शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिएको बताए ।

सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला