रास्वपाको प्रचार विभागमा पोखराका अशोक खड्का

नयाँ जिम्मेवारी

रास्वपाको प्रचार विभागमा पोखराका अशोक खड्का

पोखरामा पानी उद्योगमार्फत उद्यमशीलता विकासमा सक्रिय छन् खड्का

ashok-khadka_rsp-pokhara

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराका युवा उद्यमी अशोक खड्कालाई अभियान तथा प्रचारप्रसार विभागको सदस्यमा मनोनीत गरेको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले खड्कालाई बुधबार विभाग सदस्यमा मनोनीत गरेका हुन् । विभाग प्रमुख मनिष झाको सिफारिसमा खड्काको मनोनयन गरिएको हो । खड्कालाई मनोनयन गर्न विभागले मंगलबार महामन्त्री बुर्लाकोटीसमक्ष सिफारिस गरेको थियो ।

पोखरा –७ राधाकृष्ण मार्गका स्थायी बासिन्दा खड्का ‘पिउरो’ ब्राण्डअन्तर्गतको मिनरल वाटर उत्पादन गर्ने कम्पनीका निर्देशक हुन् । उनी पोखरामा पानी उद्योगमार्फत उद्यमशीलता विकासमा सक्रिय छन् । युवा व्यवसायीको साझा संस्था ‘युवा उद्यमी मञ्च’मा समेत उनको सक्रियता रहेको छ ।

युवा उद्यमीको पहिचान बनाएका खड्काको पार्टीको प्रचार विभागमा भएको मनोनयनलाई व्यवसायिक पृष्ठभूमिका व्यक्तित्वलाई पार्टी संरचनामा स्थान दिने प्रयासका रूपमा हेरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ