कैलाली कारागार कैदीहरूको कब्जामा, झडपमा एकको मृत्यु

झडप

कैलाली कारागार कैदीहरूको कब्जामा, झडपमा एकको मृत्यु

प्रहरी पनि जान सकेनन् कारागारभित्र

kailali karagar

धनगढी । कैलाली कारागार शुक्रबार राती रणभूमी बन्यो। ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भयो भने ४७ जना घाइते भएका छन्।

झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भए।

झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।

‘हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौं। उनीहरू आक्रोसित छन्। थप घटना नहोस् भनेर नै हामीले भित्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन। ‘घटनाबारे बुझिरहेका छौं। कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन।’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने।

मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरूमध्ये अधिकांशका हात खुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।

कैलाली कारागारको क्षमता १५० जना हो तर त्यहाँ ७ सय जना कैदीबन्दीहरू राखिएको जेल प्रशासनले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ