पोखरा महानगरपालिका वडा नं. ३० खुदीमा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं २ माझकोट घर भइ हाल पोखरा-३० खुदी बस्ने ३५ वर्षीय खेमबहादुर गुरुङ र रूपा-४ माउडाँडा घर भई हाल खुदी नै बस्ने ३३ वर्षीय जीवन मल्ल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका खेमको गण्डकी मेडिकल कलेज र जीवनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
साथै, सोही दुर्घटनामा घाइते भएका खुदी बस्ने ३० वर्षीय उमेश ठकुरीको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ११ः१५ बजे शिशुवा-सातमुहाने भित्री सडकखण्डअन्तर्गत तावाको मुखबाट शिशुवातर्फ आउँदै गरेको ग७प ८८५० नम्बरको जीवनले चलाएको भीआर र विपरीत दिशातर्फ जाँदै गरेको ग८प ३८७१ नम्बरको खेमले चलाएको बुलेट मोटरसाइकल खुदीमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भई उपचाररत उमेश जीवनले चलाएको मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि मोहोरिया सामुदायिक अस्पताल र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल शिशुवा पठाइएको थियो । त्यसपछि उनीहरुलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको थियो ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त