११ दिन कैद सजाय छलिरहेका गल्याङ मजुवाका मेघ बहादुर पक्राउ

पक्राउ

११ दिन कैद सजाय छलिरहेका गल्याङ मजुवाका मेघ बहादुर पक्राउ

विशेष अपरेशन टोलीको सक्रियता

file pic-Arrested

वालिङ । वडा प्रहरी कार्यालय, वालिङको विशेष अपरेशन टोलीले फरार कसूरदारलाई कानूनी दायरामा ल्याउन सक्रियता बढाएको छ ।

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यालय सक्रिय बनेको हो ।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा ११ दिन कैद सजाय तोकिई फरार रहेका गल्याङ नगरपालिका –११, मजुवा निवासी ३९ वर्षीय मेघ बहादुर नेपालीलाई सोमबार पक्राउ गरिएको हो । उनलाई मिति २०८२ साउन २७ गते पक्राउ गरी सजाय भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

उक्त पक्राउले अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रतिबद्धता र कानूनी शासन सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ