बालेनका कानुनी सल्लाहकार अर्याल रूपन्देहीमा चुनाव लड्ने तयारीमा

राजनीति

बालेनका कानुनी सल्लाहकार अर्याल रूपन्देहीमा चुनाव लड्ने तयारीमा

Balen-omprakash

कात्तिक १७ गते हुने रुपन्देही– ३ को उपनिर्वाचनमा अधिवक्ता ओमप्रकाश अर्यालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनका कानुनी सल्लाहकार हुन् ।

चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका बुझिन्छ । स्वतन्त्र रूपमा अर्याल उठ्ने तयारीले रुपन्देहीको चुनाव थप रोचक हुने अनुमान गरिएको छ ।

गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् ।

रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा निधन भएपछि चुनाव हुन लागेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ