स्याङ्जामा सुन हराएको दाबीको पर्दाफाश, तीन थान गरगहना घरमै भेटियो

स्याङ्जामा सुन हराएको दाबीको पर्दाफाश, तीन थान गरगहना घरमै भेटियो

झुट्टा चोरी उजुरी दिने महिलामाथि कारबाही प्रक्रिया अघि बढ्दै

Dpo_Syangja

स्याङ्जाको फेदिखोला गाउँपालिका –१, चारघरेकी देवी कुमारी गुरुङको घरबाट चोरी भएको भनिएको सुनमध्ये घरमै भेटिएको छ भने सुनका गरगहना चोरी भएको भनी झुट्टा उजुरी दिएको आरोपमा एक महिलामाथि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारबाही प्रक्रिया समेत अघि बढाएको छ ।

फेदिखोला गाउँपालिका –१ चारघरेकी देवी कुमारी गुरुङले गत साउन २७ गते दिउँसो कोही नभएको समयमा आफ्नै घरको ताला फुटाई चार थान सुनका गरगहना चोरी भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् ।

प्राप्त सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घरको ताला फुटाइएको कुनै प्रमाण नपाएको र हराएको भनिएका सुनमध्ये तीन थान साउन २८ गते गुरुङकै घरभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

साथै, घरमै राखिएको गरगहना चोरी भएको भनी झुटो विवरण दिएको विषयमा गुरुङमाथि कानून बमोजिम आवश्यक अनुसन्धान भैरहेको डिएसपी चौधरीले बताए ।

बाँकी गहनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनी झुटा उजुरी नगर्न प्रहरीले आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ