स्याङ्जाको फेदिखोला गाउँपालिका –१, चारघरेकी देवी कुमारी गुरुङको घरबाट चोरी भएको भनिएको सुनमध्ये घरमै भेटिएको छ भने सुनका गरगहना चोरी भएको भनी झुट्टा उजुरी दिएको आरोपमा एक महिलामाथि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारबाही प्रक्रिया समेत अघि बढाएको छ ।
फेदिखोला गाउँपालिका –१ चारघरेकी देवी कुमारी गुरुङले गत साउन २७ गते दिउँसो कोही नभएको समयमा आफ्नै घरको ताला फुटाई चार थान सुनका गरगहना चोरी भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् ।
प्राप्त सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घरको ताला फुटाइएको कुनै प्रमाण नपाएको र हराएको भनिएका सुनमध्ये तीन थान साउन २८ गते गुरुङकै घरभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
साथै, घरमै राखिएको गरगहना चोरी भएको भनी झुटो विवरण दिएको विषयमा गुरुङमाथि कानून बमोजिम आवश्यक अनुसन्धान भैरहेको डिएसपी चौधरीले बताए ।
बाँकी गहनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनी झुटा उजुरी नगर्न प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर