डोटी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् ।
भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्णपादुकमा प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रम आयोजना गरेकोमा प्रदेश प्रमुख भट्ट र सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ सहभागी भएका हुन् ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत पालिकाका जनप्रतिनिधिले जोरायललाई पर्यटकीय स्थल बनाउन जगतगुरुको उपस्थितिमा यस ठाउँको इतिहासमा महिमा हुने गरी गरेको प्रयत्न सराहनीय रहेको प्रदेश प्रमुखद्वयले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली पनि सहभागी थिए ।
गण्डकीका प्रदेश प्रमुख भट्टले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गर्दै सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्ने उल्लेख गरे ।

प्रदेश प्रमुख भट्टले भने – ‘हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ।’

श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।


सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला