दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

राजनीति

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

Durga-Prasai

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । आज सोमबार प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने बताएका हुन् ।

दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आज आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए ।

आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताए ।

उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।

उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ