काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ ।
लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्रको नेपालको भूमि हो।
नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो ।
गलवान उपत्यकामा भएको तनावपछि भारत-चीनबीच तनावको परिस्थिति सिर्जना भएको थियो । त्यो घटनापछि दोस्रो पटक उच्चस्तरीय भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । त्यसको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमानापार व्यापार पुन: सुरु गर्न सहमत भएका छन् ।’
१० वर्षको अन्तरालपछि भारत र चीन एकपटक फेरि नेपालको भूमि लिपुलेक हुँदै व्यापारको कुरा गरेका छन् । यसअघि वि.स २०७२(सन्२०१५) म भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द मोदी २०१५ मे १४ मा चीन भ्रमण गएका बेला समकक्षी ली खछियाङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो । त्यतिबेला मे १५ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर २८ मा उक्त सहमतिको कुरा उल्लेख थियो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा गरेको चीन भ्रमणका क्रममा समेत लिपुलेक पासबाट व्यापास गर्ने सहमति भएको थियो । त्यसबेला नेपाली भूमि हुँदै व्यापार गर्ने विषयमा नेपाललाई जानकारी नदिई भएको सहमतिप्रति विरोध समेत भएको थियो ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान