पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ। समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो।
गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्। महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी ‘लैंगिक समानता’ नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् ।
गोनेसाका प्रशिक्षक सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन्। अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्।
उनले नेपालको संविधानले हिंसा वा दुव्र्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिम्सिना पंगेनी, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा र कार्यक्रम संयोजक मुना दवाडी, वरिष्ठ पत्रकार श्याम कुवँर लगायतले बोलेका थिए ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष उमा आलेमगरको सञ्चालनमा भएको कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी ईन्चार्ज रुद्र श्रीष मगर, फेडोका प्रदेश अध्यक्ष सुमित्रा गायक, सदस्य गंगा सापकोटा, कार्यक्रम संयोजक ईश्वरी विक लगायतको उपस्थिति थियो।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह