काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् ।
आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उनले ड्राइभिङ सिटमा दुई नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा) रहेको बताए । उनीहरूले यो गाडी ठिक गतिमा चलाउन पनि आग्रह गरे ।
‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ । यो गाडी ठीक गतिमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस्,’ उनले भने ।
साथै, उनले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको भन्दै त्यसलाई आफूहरूले रोक्ने तर स्टेरिङ समाएका नेताहरूले ठिक काम गर्नपर्ने बताए ।
‘बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन् । त्यसलाई हामी रोक्छौं । तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्यो । कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ । म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ,’ थापाले असन्तुष्टि राखे ।
उनले केहीदिन अघि प्रधानमन्त्री ओलीले युवाको बेला भएको तर कोही तयार नभएको अभिव्यक्ति दिएकोप्रति पनि आपत्ति जनाए ।
‘केही दिनअघि प्रधानमन्त्रीले एक ठाउँमा भन्नुभएछ, युवाको बेला हो । कतिले भन्लान् मैले किन छाडिनँ । तर, म त भन्न चाहन्छु, तर युवै छैनन् नेकपा एमालेभित्रको युवाबारे मैले चर्चा गर्ने कुरा सुहाउँदैन,’ महामन्त्री थापाले भने, ‘हाम्रोमा त छौं, हामीले चलाउने भनेर तयार पनि भएको । पाइएन, सकिएन, भ्याइएन । खेलको नियम त मान्नुपर्यो ।’
दुई शीर्ष नेताहरू नबरालिकन काम गर्ने हो भने अझै समय र अवसर भएको भन्दै त्यसको प्रयोग गर्न उनले सुझाव दिए ।
थापाले सीमा विवादजस्तो संवेदनशील विषयलाई दलगत राजनीति र उग्रराष्ट्रवादतर्फ नपुर्याउन आग्रह गरे।
प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै थापाले भारत र चीन दुवैलाई एउटै सन्देश पठाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं। उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौं। यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्छ। हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन।’
थापाले नेपालको भूमिमाथि आक्रमण वा अतिक्रमण गर्ने प्रयासलाई नेपालले दृढतापूर्वक प्रतिवाद गर्ने बताए । उनले सीमा जस्तो राष्ट्रिय स्वाधीनतासँग जोडिएको मुद्दामा दलहरू एकजुट हुनुपर्नेमा बताए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह