प्रधानमन्त्री ओलीको रविलक्षित टिप्पणीः ७ वटा अदालतले थुनेर कारबाही गर्नु भनेको छ, गाली हामीलाई गर्छन्

राजनीति

प्रधानमन्त्री ओलीको रविलक्षित टिप्पणीः ७ वटा अदालतले थुनेर कारबाही गर्नु भनेको छ, गाली हामीलाई गर्छन्

kpoli

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले करोडौंको ठगी गरेकाहरुको पछाडि पनि मान्छे लागेको देख्दा अचम्म लागेको बताएका हुन् ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलक्षित गर्दै उनले सातवटा अदालतले थुनेर कारबाही गर्नु भनेकोमा गाली चाहिँ आफूहरुलाई गरिएको बताए ।

‘लहैलहैको पछाडि मान्छे कसरी कुद्छन् ? नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा । करोडौंको ठगी गरेको छ, यो बैंक, त्यो बैंक । चारैतिर ठगी गरेको छ । सातवटा अदालतले थुनेर कारबाही गर्नुपर्ने भन्ने फैसला गरेको छ । गाली हामीलाई गर्छन् । बैंक ठगी आफू गर्छन्, गाली हामीलाई गर्छन् । त्यस्ताका पछि पनि मान्छे कुदिराखेका छन् । कस्तो दुनियाँ हो ?’ प्रश्न गर्दै उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ